पर्यटकको पर्खाइमा हुम्लाको टाँके भ्याली (फोटोसहित)

पर्यटकको पर्खाइमा हुम्लाको टाँके भ्याली (फोटोसहित)
तस्बिर : अन्नपूर्ण

 हुम्ला : कहीँ समथर,कहीँ  थुम्काथुम्की ,कहीँ ,भिरालो ठाउँ,कहीँ अग्लाअग्ला चुचुरा, कतै फाँट ।  रंगीचंगी फुलैफूलले  भुइँमा कार्पेट बिच्छयाएर झैं भान हुन्छ । यो भूगोलमा टेकेर जब जोकोहीले आसपासका दृश्य नियाल्छन् तब मन नै प्रफुल्लित हुन्छ । कञ्चन निलो आकाश, आँखाले भ्याएसम्म देखिने हिमाल, हिँउ बोकेर हुइकिने खोलानाला,बेलाबेला लुकामारी खेल्ने कुहिरो अनि स्पर्श गर्ने चिसो सिरेटो यदाकदा संगीतको धुनजस्तो गुञ्जने नदीनालाहरू । यस्तो लाग्छ कुनै स्वर्गको एक टुक्रमा छौं । जति बयान गरेपनि पुग्दैन। चंखेली गाउँपालिका ५ स्थित टाँके भ्यालीको ।

null

यो भ्याली आफैमा कुशल एक चित्रकारको हस्तशिल्प झैं लाग्छ । हुम्ला जिल्लाको लिमी भ्याली,करण भ्याली र टाँके भ्याली छन् । ५२०० मिटरको गोरख हिमाललाई पृष्ठभूमिमा राखेर यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्छ यस भ्यालीले।

प्रकृतिसँग र प्रकृतिको काँखमा रमाउन उत्सुक पर्यटकहरूका लागि गज्जबको गन्तव्य पनि हो टाँके भ्याली । कर्णालीलाई अझै अभाव,गरिबी,दु:ख र पछौटेपनको पर्यावाचीको रुपमा चित्रण गरिन्छ । घुमन्तेहरु कर्णाली पुग्छन्। आँगनमा खेलिरहेका बालबालिका तस्बिर खिच्छन् ।  विश्लेषणहरू /अन्वेषकहरू कर्णाली आउँछन्, भोगको आयतन नापेर जान्छन्। 

null

पत्रकारहरू पुग्छन् आफ्नो दुनो सोझ्याउने काम गर्छन् । तर कर्णालीमा रोग निको गर्न जडीबुटी छ, भोग मेटाउने अन्न यही छ । तर,बुझ्दैनन् । उल्टै  नराम्रो प्रचारप्रसार मात्रै गरिदिन्छन्। जटामसी,गुच्चीच्याउ,पदमचाल, पाँचऔँले,सेतो चिनी, अतिस, कुटकी,सर्पगन्धलगायतका जडीबुटी यहीँ फाँटमा पाइने गरेको चंखेली गाउँपालिका -५ का स्थानीय भैरब तामाङले बताए । टाँके भ्यालीमा  पशु चौपायहरूले समेत शोभा बढाएका छन्। 

null

यहाँ घुम्न आउने आन्तरिक बाह्य पर्यटकहरू तालतलैया,झरना,नदीनाला र टाँके भ्यालीको रमणीय दृश्यमा लोभिने गर्छन् । यो साच्चिकै भू स्वर्ग हो यसको प्रचारप्रसार नभएर अहिलेसम्म गुमनाम रहेको खेली गाउँपालिका ५ का वडाध्यक्ष हर्कधन तामाङले दुखेसो पोखे।

बाटोमा भेटिने कञ्चन खोला नाला, अविरल बगिरहने झरना, घाँसे मैदान जति हेरेपनि मन अघाइदैन । यहाँका फाँटहरूले मौसम अनुसार रुप फेर्न गर्छन् । हिँउदमा सेताम्मे हुन्छन् भने वर्षायाममा रंगीचंगी । हरिया फाँट ढक्कमक्क फुल्ने फुलहरूले बिछटै रुपवती देखिन्छन् । 

null

स्थानीय सरकारले पनि  यस क्षेत्रका प्रवर्द्धन  गर्न चासो र चिन्ता नदेखाउँदा पर्यटकीयस्थल समेत रहेको चंखेली गाउँपालिका- ५ को टाँके भ्याली ओझेलमा छ ।  टाँके भ्यालीको प्रचारप्रसार गर्न सके गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोत बन्न सक्ने स्थानीय जानकारहरू बताउँछन्।

 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.