सुनको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो?
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा आठ सयले वृद्धि भइ नयाँ कीर्तिमान कायम गरेको छ। मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ।
यस्तै चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ। मङ्गलबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ५५ निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !