जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न मन्त्री यादवको निर्देशन

जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न मन्त्री यादवको निर्देशन
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन्। उक्त लक्ष्य हासिल गर्न मन्त्रालयका कर्मचारीहरूलाई निरन्तर मेहनत गर्न उनले निर्देशन दिए।

मन्त्रालयमा बुधबार आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। 'शुद्ध खानेपानी जनताको अधिकार हो। यसलाई सुनिश्चित गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं,' उनले भने।

मन्त्री यादवले चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको र यसले गर्दा मुलुकभर खानेपानीको आपूर्ति व्यवस्थामा चुनौती उत्पन्न भएको औंल्याए। उनले भने, 'मधेसमा चुरेको दोहनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्। जसले गर्दा चापाकलहरूमा पानी आउन छाडेको छ। यो समस्याको समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ।'

बजेट अभावले जनतालाई आवश्यक पर्ने खानेपानी आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै मन्त्री यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि व्यक्त गरे। 'अर्थ मन्त्रालयले पठाइएका फाइलहरू खोल्न आलटाल गर्छ। फाइल नखोल्दा खानेपानीका महत्त्वपूर्ण परियोजनाहरू अघि बढ्न सकेका छैनन्। यस विषयमा म प्रधानमन्त्रीज्यूसँग सीधा कुरा राख्नेछु,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.