नर्सिङ क्षेत्रको समस्या हटाउन नयाँ कानुन चाहिन्छ : शिक्षा मन्त्री भट्टराई

नर्सिङ क्षेत्रको समस्या हटाउन नयाँ कानुन चाहिन्छ : शिक्षा मन्त्री भट्टराई
सुन्नुहोस्

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाइका विषयमा देखिएका अन्यौलता हटाउन कानुन आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाइलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानुन आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताए। विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि विभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा वृद्धिको विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयभित्र हुने बेथिति र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नबनाएसम्म बलियो बनाउन नसकिने धारणा राखे। 

मन्त्री भट्टराईले एसईईको पुरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूलाई सीपमूलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताए।6


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.