एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त

एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौं : सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए।

मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन्। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो। 
 

मुख्यसचिव अर्याल विसं २०४६ माघ ४ गते निजामती सेवामा प्रवेश गरेका थिए। उनले नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। विसं २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त भएका अर्याल २०५८ माघ ६ गते उपसचिव भएका थिए। त्यसपछि उनी २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त भएका थिए। अहिलेसम्म उनले निजामती सेवामा ३४ वर्ष ७ महिना ९ दिन बिताइसकेका छन्।  

अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन्। उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा रहँदा गृह प्रशासन सुधार, योजना निर्माण र त्यसको कार्यान्यवनमा महत्त्वपूर्ण योगदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.