जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल भक्तपुरमा
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न आज भक्तपुर पुगेका छन्। हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज भक्तपुर गएका हुन्।
राष्ट्रपति पौडेलले भक्तपुरका स्थानीसँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेका छन्।
सोही कार्यक्रम अन्तरगत नै राष्ट्रपतिले अब हरेक महिनाको एक दिन सार्वजनिक स्थानमा गएर जनतासँग अन्तरक्रिया गर्ने जनाइएको छ।