ब्राजिलमा सामाजिक सञ्जाल 'एक्स' प्रतिबन्ध
ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) माथि प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो ।
एक्सले म्यादभित्र ब्राजिलमा कानूनी प्रतिनिधि नियुक्त गर्न असफल भएको जनाइएको छ।
ब्राजिलको सर्वोच्च अदालतले एक्सलाई 'तत्काल र पूर्ण निलम्बन' गर्ने आदेश दिएको बीबीसी समाचारमा उल्लेख छ। अदालतका सबै आदेशहरू पूरा गरेर जरिवाना तिरेपछि मात्र खोलिने बताइएको छ।
यो मुद्दा यस वर्षको अप्रिलमा सुरु भएको हो। न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौं एक्सका खाताहरूमा प्रतिबन्ध लगाइएका थिए।
उक्त आदेशको प्रतिक्रिया दिंदै एक्सका प्रमुख एलन मस्कले भने, 'वाक् स्वतन्त्रता लोकतन्त्रको आधार हो। जनताले नचुनेका ब्राजिलका न्यायाधीशहरूले राजनीतिक दबाबमा परेर लोकतन्त्रलाई बर्बाद गरिरहेका छन्।' बीबीसी
प्रतिक्रिया दिनुहोस !
३