अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका-१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलबस्तु जिल्ला वाणगंगा नगरपालिका-२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए।
मंगलबार दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवै जनाको शव घटनास्थलदेखि खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र रावलले बताए।