उपसभामुखमाथि प्रश्न उठेका छन्, रास्वपा र रानाले स्पष्ट पार्नुपर्छ : एमाले

उपसभामुखमाथि प्रश्न उठेका छन्, रास्वपा र रानाले स्पष्ट पार्नुपर्छ : एमाले
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरमाथि प्रश्न उठेकाले रास्वपा र स्वयमले स्पष्ट पार्नुपर्ने बताएका छन्। शुक्रबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै एमाले कुनै निष्कर्षमा पुगिनसकेको बताएका हुन्। 

उनले भने,‘उपसभामुख इन्दिरा रानामगरको विषयमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नहरुको बारेमा उहाँको पार्टी र उहाँ स्वयम् आफैं स्पष्ट गर्नुपर्छ। वास्तवमा उहाँका विषयमा जे कुरा उठेका छन्, त्यो सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने कुरा स्पष्टै छ । यद्यपि अहिले जसरी बाहिर चर्चामा आएको छ, त्यो विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’

यो संसद्को मामिलाकोकुरा भएको उनको भनाई छ। उनले भने, ‘संसद्लाई कति मर्यादित बनाउने भन्ने संसद् र दलहरूले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ।’

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.