स्याउ खेतीमा सक्रिय कर्म

स्याउ खेतीमा सक्रिय कर्म
सुन्नुहोस्

जोमसोम : मुस्ताङको मुख्य नगदेबालीमा पर्छ स्याउ। स्याउ खेती मुस्ताङको आर्थिक समृद्धि र स्थानीय कृषकको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण टेवा पु¥याउने माध्यम बनेको छ। यहाँ नगदेबालीका रूपमा उवा, फापर, जौ र आलुलगायतका बालीको पनि खेती हुँदै आइरहेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ चिम्लेका कृषक कर्म गुरुङले ८ वर्षदेखि स्याउ खेती पछ्याइरहेका छन्। यसअघि उनी काठमाडौंको बौद्धमा हेन्डिग्राफ र गार्मेनको व्यवसाय गर्थे। उनले साविकको व्यवसायलाई पनि निरन्तरता दिँदै आफ्नै थाकथलो मुस्ताङमा स्याउ खेती विस्तारमा सक्रिय छन्। कर्मशील कर्मका बुबा पनि कृषक नै थिए। उनका बुवाले पनि आफ्नो जग्गामा अन्नबालीसँगसँगै स्याउ पनि लगाएका थिए। 

चिम्लेको १ सय २३ रोपनी जग्गा उनले आफ्नो परिवारका सदस्यबाट किनेर एकलौटी बनाए। त्यसपछि सुरु भयो कर्मको स्याउ खेतीको यात्रा। कर्मले स्याउ खेतीको प्रविधि थाहा पाउने ज्ञान युटुब र गुगलबाट लिए। उनी व्यावहारिक ज्ञान लिन स्याउ खेती भएका स्थानमा पनि पुगे। मुस्ताङमा हाइब्रिट प्रजातिको उच्चघनत्वमा आधारित स्याउ खेती भिœयाउने कर्म नै हुन्। उनले छिटोछरितो रूपमा उत्पादन दिने इटालीबाट आयात गरिएको उच्चघनत्वको (हाइब्रिट) स्याउ खेतीको थालनी गरे। 

सन् २०१४ मा मनाङ एग्रोमा उच्चघनत्व प्रविधिको स्याउ खेतीको परीक्षण अभ्यास सुरु भयो। परीक्षण सफल हुँदै जान थालेपछि कर्मले त्यहाँ गरिएको हाइब्रिट स्याउ खेतीलाई मुस्ताङमा भिœयाउन थाले। उनले मुस्ताङमा पहिलो पटक हाइब्रिट स्याउको नमुना परीक्षण गरे। यो परीक्षण सफल पनि भयो। कर्म अब त्यसलाई बृहत् बनाउने सोचमा पुगे।

इटालीबाट आयात हाइब्रिट स्याउका बिरुवा प्रदेश सरकारले ७५ प्रतिशत र संघीय सरकारले ५० प्रतिशत अनुदानमा दिने भयो, कर्मले त्यस अवसरलाई सदुपयोग गरे। कर्मले स्याउ खेतीलाई मेगा प्रोजेक्ट रूपमा विस्तार गर्न चिम्ले अर्चाड प्रालि नामक कृषि संस्था दर्ता गरे। त्यसपछि सुरु भयो कर्मको कर्मशील स्याउ खेती।

कर्मका स्याउ बगानमा अहिले लटरम्म उच्चघनत्व प्रविधिको (हाइब्रिट) स्याउ र स्थानीय जातको स्याउ फलेका छन्। उनले यसलाई अथक मेहनत गरेकाले स्याउ बोटमा पैसा फलेको संज्ञा दिन्छन्। पुर्ख्यौली जग्गाबाट स्याउ खेती सुरु गरेका कर्मले पछिल्लो समय झन्डै ६ रोपनी जग्गामा स्याउ खेती विस्तार गरेका छन्। 

उनले झन्डै ३६ हजार स्याउ बिरुवा लगाएका छन्। 

उनी आगामी वर्ष थप ३५ रोपनी जग्गामा स्याउ लगाउने योजनामा छन्। कर्म भन्छन् ,‘स्याउ खेतीतर्फ मेरो ठूलो सपना छ, ठूलो लक्ष्यका साथ अघि बढिरहेको छु।’ मुस्ताङलाई स्याउ हबको रुपमा विकास गर्न आफ्नो कम्पनीलाई बृहत् मेगा प्रोजेक्टका रूपमा विस्तार गर्ने दीर्घकालीन योजनामा छन् उनी। स्वदेशमा केही भिजनका साथ काम गरियो भने विदेश पलायन हुनुनपर्ने मान्यता राख्छन् कर्म।
कर्म राष्ट्रपतिबाट पनि सम्मानित भइसकेका छन्। कर्मको स्याउ कम्पनीमा अहिले झन्डै २ दर्जन कामदारले रोजगारी पाएका छन्। स्याउ बगैंचा व्यवस्थापन र स्याउको हार्भेस्ट गर्ने बेला थप कामदार लगाउने गर्छन् कर्म। उनका आधा दर्जन स्याउ ब्लक छन्। घरपझोङको चिम्ले र सम्लेमा उनको स्याउ बगैंचा छ भने घरपझोङ–३ जोमसोम माथिको डाँडामा पनि करिब सय रोपनीमा स्याउ लगाएका छन्। 
कर्मले स्याउका लागि अर्गानिक मलका लागि च्यांग्रा र जर्सी गाई पनि पालेका छन्। च्यांग्रा पालनबाट र जर्सी गाईको दूधबाट उनको छुट्टै आम्दानी हुन्छ। उनले गतवर्ष ३ करोड रुपैयाँको स्याउ बिक्री गरेको बताए। यसवर्ष ६ करोड रुपैयाँको स्याउ उत्पादन भएको उनी सुनाउँछन्। 

स्याउ विरुवा, कम्पोष्ट मल, बिषादी आदिमा पनि सरकारी अनुदानको पहुँचमा जोडिएका कर्मले सरकारले कृषि व्यवसाय गर्नेलाई साथ सर्पोट गर्ने गरेको सुनाए। मुस्ताङमा मेगा प्रोजेक्टका रूपमा स्याउ खेती थालेका कर्मले स्याउलाई पोखरादेखि काठमाडौंसम्म पुर्‍याएर बिक्री गर्ने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.