आँखा शिविरमा ३४ जनाको शल्यक्रिया

आँखा शिविरमा ३४ जनाको शल्यक्रिया
शिविरमा सेवा लिंदै बिरामीहरू।

मुगु : जिल्लाको पूर्वी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा सञ्चालन भएको  दुई  दिने आँखा शिविरमा ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको  छ।

मुगुमकार्मारोङ गाउँपालिका,नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगु, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोजनामा र आई केयर फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा  मुगुमकार्मारोङ गाउँपालिको पुलुमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।
 

पुलुमा असोज ७ र ८ गते दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ३ सय ९७ जना बिरामीको चेकजाँच गरिएको र अन्य  ३४ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको डाक्टर सुवाश नेपालले जानकारी दिए। 

दुई  दिनसम्म सञ्चालन भएको  शिविरमा  मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीय लगायत अन्य स्थानीय तहबाट आएका आँखाका बिरामीको पनि चेकजाँच गरिएको थियो। मोतियाबिन्दु भएका आँखाका बिरामीलाई चस्मा पनि वितरण गरिएको छ।

आँखाका बिरामी सबैभन्दा बढी ५० वर्षभन्दा माथिका रहेका र आँखाको हेरचाहा राम्रोसँग नगर्ने, धुँवा धुलोका कारण पनि आखाँमा समस्या हुने गरेको चिकित्सले बताएका छन्। शिविरमा आएका आँखाका बिरामीहरूले घरनजिकै आखाँको उपचार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। आर्थिक अभावमा रोग पालेर बसेको थिए। तर घर नजिकै शिविर सञ्चालन हुँदा बन्द भएको आँखा खुलेको भन्दै मुगुमकार्मारोङ गाउँपालिकाका २ का टसी लामाले खुसी व्यक्त गरिन्।

पुलुमा भएको नि शुल्क आँखा शिविरमा डाक्टर अञ्जु गुरुङ्गको नेतृत्वमा डाक्टर गोविन्द्र नाथ योगी, डाक्टर सुवास नेपाल, ध्रुब बहादुर बुढथापा लगायतका चिकित्सकको टोली पुलुमै पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको आयोजनामा मुगुमा  हरेक वर्ष  निशुल्क आँखा शिविर सञ्चालन गरिंदा आर्थिक समस्या भएका मोतियाबिन्दु भएका आँखाका बिरामीलाई शिविरले सहज गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.