गुल्मेलीले देखाए ड्यालासमा सराय नाँच

गुल्मेलीले देखाए ड्यालासमा सराय नाँच
सुन्नुहोस्

ड्यालास(अमेरिका) : नेपालको गुल्मीमा दशैंका अवसरमा खेलिने सराय नाँच टेक्सासको ड्यालास वरपर बस्ने गुल्मेलीहरूले प्रस्तुत गरेका छन्।

युलेशमा आयोजना गरिएको गुल्मेली वनभोज कार्यक्रममा गुल्मीको विभिन्न कोटहरूमा टीकाको दिनबाट पूर्णिमासम्म हुने सराय नाँच पन्चेबाजासहित प्रस्तुत गरेका हुन्। गुल्मेली चौतारी टेक्सास नामको आयोजक संस्था बनाएर गरिएको पहिलो वनभोज कार्यक्रममा लगभग ६०० जनाको सहभागिता रहेको थियो। 

गुल्मीका कोटहरुमा हुने सराय नाँच तथा पट्टा नाँच लाइभ पन्चेबाजासहित गर्दा अमेरिकामा हुने अन्य वनभोजभन्दा फरक माहोल बनेको थियो। कार्यक्रम संयोजक दिपक भण्डारीका अनुसार गुल्मेलीहरु जहाँ पुगे पनि आफ्नो संस्कृतिको जर्गेना होस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी भएका गुल्मीका दोस्रो पुस्ता तथा अन्य जिल्लाबाट सहभागीहरूले गुल्मीले सराय तथा पट्टा नाँचलाई चासोका साथ हेरेका थिए। कार्यक्रममा गुल्मीका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूको फोटो प्रदर्शनी, भजन नाँचलगायत विभिन्न नृत्य प्रस्तुत गरिएको थियो।

पत्रकारसमेत रहेका सूर्य थापाले सञ्चालन गरेको कार्यक्रममा ड्यालसमा पन्चेबाजा समूह नै निर्माण गरेका गुल्मेली हरी थापाको नेतृत्वमा सांस्कृतिक व्यवस्थापन भएको थियो। नारायण क्षेत्री, घनश्याम पोखरेल, सागर अर्याल, केशव ज्ञवाली लगायतका समूहले निःशुल्क वनभोज आयोजना गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.