कोशी सरकारमा प्रवक्ताको जिम्मेवारी राईलाई

कोशी सरकारमा प्रवक्ताको जिम्मेवारी राईलाई
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। 

कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि सरकारका प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई दिइएको थियो। 

जापान भ्रमणसँग सम्बन्धित विवादमा मुछिएपछि अधिकारीले बुधबार राजीनामा दिएका छन्। उनको राजीनामासँगै प्रवक्ताको जिम्मेवारी राईले पाएका हुन्। 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ। खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप–२९) मा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरेलाई सहभागी गराउने निर्णयसमेत बैठकमा भएको छ। 

बैठकले १० औं राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.