टेक्सास कपमा सञ्जीवलाई दोहोरो स्वर्ण

टेक्सास कपमा सञ्जीवलाई दोहोरो स्वर्ण
सुन्नुहोस्

काठमाडौं : अमेरिकाकोमा आयोजना भएको टेक्सास कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी सञ्जीव नेपालीले दोहोरो स्वर्ण जितेका छन्। टेक्सासमा किम्स तेक्वान्दो र टेक्सास तेक्वान्दो संघको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले एकल पुम्से र बोर्ड ब्रेकिङमा स्वर्ण पदक जितेका हुन्।

सञ्जीवले मास्टर अल्ट्रा ३३ देखि ४० वर्ष उमेर समूहको पुरुष एकल पुम्से र यही उमेर समूहको बोर्ड ब्रेकिङमा स्वर्ण जितेका हुन्। च्याम्पियनसिपमा नेपालसहित अमेरिका, मेक्सिको, कोलम्बियालगायत मुलुकका तीन सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। बारा निजगढका सञ्जीव पछिल्लो समय अमेरिका बस्दै आएका छन्। उनले अमेरिकाको ल्यानकास्टरमा सञ्चालित एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोमा प्रशिक्षण गराउँदै आएका छन्। उनले अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने प्रतियोगिताहरूमा पनि सहभागिता जनाउँदै आएका छन्। 

सञ्जीवले पछिल्लोपटक अमेरिकाकै लास भेगासमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। सो प्रतियोगितामा पनि उनले एकल पुम्से र बोर्ड ब्रेकिङमा गरी दोहोरो स्वर्ण चुमेका थिए। उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीजर्जको भूमिका पनि निर्वाह गर्दै आएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.