घरेलु प्रतियोगिताबाट पनि अनुले लिइन् सन्यास
काठमाडौं : नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छन्। विभागीय टोली एपीएफबाट खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्यास लिएको घोषणा गरिन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपीएफले नेपाल पुलिस क्लब पराजित गरेको थियो। खेल सकिनेबित्तिकै अनुलाई एपीएफका खेलाडीले ‘गार्ड अप द अनर’बाट सम्मान गर्दै बिदाइ गरेका थिए। अनुले अब घरेलु फुटबल नखेल्ने बताइन्।
उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतित गर्ने जानकारी दिइन्। आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरूका लागि ठाउँ छाडेको उनले बताइन्।
अनुले महिला फुटबलको थप विकास गर्न धेरैभन्दा धेरै घरेलु प्रतियोगिता आवश्यक रहेको उल्लेख गरिन्। सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !