काठमाडौंले टस जितेर ब्याटिङ गर्ने

काठमाडौंले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेर ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको छ।

५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ। ३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा रहेको छ ।

यी हुन् खेलाडी
काठमाडौं गुर्खाज 

करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट

लुम्बिनी लायन्स 

रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, सुर्य तामाङ, टम मुर्स, उन्मुक्त चन्द, साद वीन जाफर र रेमन सिमोन्डस

 नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा आज बिहान सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। ​​​​​​​१२४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा नै ५१ रन बनाउँदै अलआउट भएको हो। यो जनकपुरको पहिलो हार हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.