पावरप्लेमा लुम्बिनीको सुस्त सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा पावरप्लेमा लुम्बिनीले ३ विकेट गुमाउँदै १६ रन बनाएको छ । काठमाडौंले दिएको १०४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा ३ विकेटको क्षतिमा १६ रन बनाएको हो ।
ओपनरद्वय आशुतोष घिरौया ४ रन र अर्जुन साउद ३ रनमा समेटिँदा तेस्रो विकेट टम मोरिसको गयो ।
अशुतोष र अर्जुनको विकेट दिपेश कँडेलले लिए । टमलाई इरास्मसले बोल्ड गरे । काठमाडौंका लागि दिपेश कँडेलले २ र गेरहार्ड इरास्मसले १ विकेट लिए ।