काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई कम्बल वितरण

काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई कम्बल वितरण
सुन्नुहोस्

काठमाडौं :  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल वितरण गरेकी छन्। सुरक्षित मातृत्व सञ्जाल महासंघ,नेपालले बिहीबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा .राणाले महासंघका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्बल जिल्लाका ६ वटा पालिकाका बाढीपीडित, गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गरेकी हुन्।

भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला,बेथानचोकलगायतका कैयौं क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो । बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि स्थानीय जनप्रतिनिधिमार्फत् उक्त राहत उपलब्ध गराइएको हो । 

सो अवसरमा मन्त्री राणाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा रहेको बताइन्।  मन्त्री राणाले नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी पनि त्यसैको प्रतिफल भएको बताइन् । उनले आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत् विश्वको ध्यानाकर्षण गराइरहेको उल्लेख गरिन्।

उनले जलवायु परिवर्तनका कारण सिङ्गो नेपालका अतिरिक्त महिला तथा बालबालिका बढी जोखिममा रहेको तथ्यलाई नेपाली समाज,परिवार र राष्ट्रले नै बुझ्नुपर्ने धारणा राख्दै आफू नेपाललाई जलवायु न्याय दिलाउन लागिपरेको पनि बताइन्।

मुलुकको जनसङ्ख्यामा आधाभन्दा बढी महिला रहेका तर उनीहरूका लागि अवसर भने निकै कम रहेको उल्लेख गर्दै मन्त्री राणाले सुरक्षित मातृत्वको पहिलो दायित्व घर  र समाजको भएको बताइन्। उनले भनिन्, 'सुरक्षित मातृत्वका लागि पहिलो जिम्मेवारी घर र समाज हो,त्यसपछि नीतिगत व्यवस्था गर्ने दायित्व सरकारको हुन्छ,त्यसैले सबैले दायित्वबोधका साथ महिलाका लागि सोच्नुपर्छ ।'

आफू पनि प्रसव पीडा भागेको अनुभवकै कारण सुरक्षित मातृत्वसम्बन्धी संस्था स्थापना गरी अभियानमा लागेको उनले बताइन् । सोही अभियानकै कारण नेपालका महिलाहरू सुरक्षित मातृत्वसम्बन्धी  संविधानमा राख्न सफल भएको पनि बताइन्।

प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वको विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ भन्दै उनले यसका लागि  घर तथा छरछिमेकले पनि साथ दिनुपर्नेमा जोड दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.