शैलुङलाई फन्को मार्दा मनै हरर
दोलखा : प्राकृतिक सुन्दरताले भरिपूर्ण सयवटा थुम्काको विशेषता भएको शैलुङको डाँडालाई फन्को मार्दा मनै आनान्दित भयो। शैलुङ आफैंमा धेरै कुराको विशेषताले भरिएको छ। यसको गरिमालाई ग्रेटवालले थप उचाइ दिएको छ। शैलुङ आफैंमा सुन्दर नाम छ, नामसँगै ऐतिहासिक, भौगोलिक धार्मिक, प्राकृतिक, रसास्वादन गर्न पाइन्छ। दोलखामा रहेका पर्यटकीय क्षेत्रहरूमध्ये शैलुङडाँडा पर्यटकहरूका आकर्षणको केन्द्र बनेको छ। ३ हजार १ सय ४५ मिटर उचाइमा रहेको रमणीयस्थल शैलुङ थुम्कै थुम्काको डाँडा हो।
दोलखा जिल्लाको प्रमुख पर्यटक स्थलका रूपमा शैलुङ परिचित छ। दोलखाको सदरमुकाम चरीकोटबाट ३२ किलोमिटर यात्रा गरेपछि शैलुङको बेसक्याम्प कालापानी पुग्न सकिन्छ। त्यस्तै राजधानी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु जिरी सडक मुडे बजारहुँदै ८ किमिको दूरीमा दोलखाको देउराली बाघखोर हुँदै शैलुङको कालापानी पुग्न सकिन्छ। काठमाडौंंबाट लगभग ६ घण्टा र चरीकोटबाट ४ घण्टामा पुग्न सकिने हुँदा आन्तरिक होस् या बाह्य पर्यटकहरूले छोटो दूरीको पर्यटकीय गन्तव्यका रूपमा शैलुङलाई लिएका छन्।
रमणीयस्थल शैलुङ हिउँदमा सेताम्मे र वर्षामा हरियालीपूर्ण देखिन्छ। १०० थुम्का भएकाले तामाङ भाषामा शैलुङ भनिएको हो भन्ने भनाइ रहेको छ। त्यस्तैगरी शैलुङमा प्रथम बुद्ध शांगेमार्मोचेले स्वर्गबाट झरेर पहिलोपटक ज्ञान बाँडेकाले सुरुमा शांगेलङुग भनेर चिनिन्थ्यो पछि हुँदै जादा शैलुङ भनिएको हो भन्ने किंवदन्ती पनि छ। पाँचौं बुद्ध गुरु पद्मसम्भवले पनि चोभारबाट नमोबुद्ध हुँदै शैलुङमा तपस्या गरेका र सातौं बुद्ध सिद्धार्थ गौतमबुद्धले पनि शैलुङमा नै तपस्या गरेको किंवदन्ती छ। तसर्थ शैलुङ ३ जना बुद्धहरूले तपस्या गरेको तपो भूमि या बुद्धिष्टहरूको तपोभूमि हो। सत्ययुगमा एक सयभन्दा बढी ऋषिहरू तपस्या गरेर बसेका किंवदन्तीअनुसार हिन्दुहरूको ज्ञानभूमि पनि हो।। पवित्रस्थल शैलुङमा विभिन्न देवीदेवताहरूको मन्दिर शैलुङ्गेश्वर माहादेवको मन्दिर, गुप्तेस्वर महादेवको मन्दिरहरू पनि रहेको छ।
उचाइमा रहेको शैलुङ सुन्दरताकै कारण आफैंमा मनमोहक छ। यसलाई अझ बढी सुन्दरता भर्ने काम ग्रेटवालले गरेको छ। शैलुङ पुगेपछि रमणीयताले समय बितेको पत्तै हुँदैन। शैलुङमा हिउँ पर्दा मात्र होइन, वर्षायाममा पनि हरियालीको मज्जा लिन पर्यटकहरू हिँडेरै भए पनि पुग्ने गर्छन्। शैलुङलाई आलु उत्पादनको पकेट क्षेत्र पनि मानिन्छ। दोलखा जिल्लामा उत्पादन हुने आलु सबैभन्दा बढी शैलुङको हुने गर्छ। यहाँको आलु अन्तर्राष्ट्रिय स्तरमा पनि प्रख्यात छ। शैलुङले आलुको लेवलिङ, प्याकेजिङ र ब्रान्डिङ पनि गरेको छ। त्यसको अलवा चौंरीगाई, भेडा, घोडाको बथान पनि यहाँ पुगेपछि देख्न सकिन्छ।
हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक आउने गर्छन्। प्राकृतिकसँंगै शैलुङ हिन्दु र बौद्धधर्मावलम्बीहरूको धार्मिकस्थल पनि हो। पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धन गर्नका लागि २०७५ सालमा मिनी ग्रेटवालको कन्सेप्ट ल्याउने जनप्रतिनिधि भरतप्रसाद दुलालको टिमको महŒवपूर्ण कार्य रहेको छ। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको छ।
शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि पाँच सय मिटरमात्र ग्रेटवाल निर्माण गरिएको छ। सरकारले नेपालका सय वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणका लागि प्रस्ताव गरिएको थियो। सोहीबमोजिम संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट लगानीमा प्रारम्भिक चरणमा पाँच सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४१८ रुपैयाँँ लागतमा निर्माण गरिएको हो। ग्रेटवाल निर्माणपछि शैलुङ क्षेत्रमा पर्यटकको अझ आकर्षण बढेको छ। बन्न बाँकी ग्रेटवालको कार्यलाई पनि हालको स्थानीय सरकारले प्राथमिकतामा राख्यो भने शैलुङ पर्यटकहरूको रोजाइको केन्द्र नै बन्नेछ। दोलखा जिल्लाको दक्षिण पश्चिममा रहेको शैलुङ डाँडा समुद्री सतहबाट अग्लो स्थानमा रहेको छ। शैलुङ पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक रूपले पनि प्रख्यात छ।
शैलुङमा विभिन्न किसिमका डाँडा र सयवटा होचा र मनमोहक थुम्काहरू रहेका छन्। शैलुङको सय थुम्को पुग्ने पर्यटक दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ। शैलुङ देशकै महŒवपूर्ण प्राकृतिक एवं धार्मिक पर्यटकीय केन्द्र हो। साथै यो ठाउँमा विज्ञानपार्क, आध्यात्मिक केन्द्र, साहित्य घरलगायतका संरचनासमेत निर्माण कार्य भइरहेको पर्यटन प्रवद्र्धनमा सक्रिय वरिष्ठ समाजसेवी एवं उप्रेती समाजका केन्द्रीय अध्यक्ष शोभित उप्रेतीको फेसबुक वालबाट पनि थाहा पाउन सकिन्छ।
शैलुङ डाँडाबाट गौरीशंकर हिमाल, सगरमाथा, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ हिमशृंखलालगायतका मनमोहक दृश्यहरू र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरू देख्न सकिन्छ। साथै काठमाडौंं उपत्यकाका विभिन्न भाग र काभे्र जिल्ला तथा रामेछापका विभिन्न ठाउँ र तरार्ईका केही भागसमेत देख्न सकिन्छ।
चारैतिर देखिने मनोरम दृश्य गुराँसे फूलहरूको जंगल, वन्यजन्तु र हिमशृंखलाको अवलोकन र विभिन्न थरीका मौसमअनुसारका फूलहरू, विभिन्न जातका चराचुरुंगी, हरियो पाखाभरी याक र चौंरीले लुकामारी खेल्दै गरेको दृश्यले पर्यटकहरूलाई शैलङले मोहित बनाउँछ।
प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण साथै धार्मिक महŒव बोकेको शैलुङ जुनसुकै समयमा पनि पर्यटकहरू लोभिने वातावरण रहेको छ। हिउँदको समयमा त झन् सेतम्मे हिउँको दृश्यावलोकनका लागि धेरै पर्यटकहरू आउने गर्छन्। तर अहिले समयमा हिमपात हुन छोडेको छ। २०८१ साल पुस २३ गते मंगलबार बेलुका दोलखाको माथिल्लो भेगमा हल्का हिमपात भएको छ। हिमपातपछि शैलुङको दृश्य झन् मनमोहक भएको छ। कात्तिक, मंसिरबाट नै हिमपात हुने दोलखाका उच्च हिमाली भेगमा ढिला गरी पहिलोपटक हिमपात भएको हो।
जलवायु परिवर्तनको यस्तो असरप्रति हामी मानिस आफैं सचेत बन्नुपर्ने अवस्था सिर्जना भएको छ। शैलुङ विभिन्न हिसाबले महŒवपूर्ण स्थान हो पाँचऔले, चिराइतो, यार्सागुम्बाजस्ता विभिन्न जातका जडीबुटी पाइनुका साथै अनुसन्धान र उत्खनन गर्न सके विभिन्न किसिमका खानीहरू हुन सक्ने सम्भावना रहेको छ। अहिले शैलुङमा ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ। शैलुङ क्षेत्रमा पर्यटकीय व्यवस्थित योजना, पर्यटकीय आकर्षणका वस्तुहरूलाई पहिचान, व्यवस्थित होमस्टे, सुरक्षित पर्यटकीय गाइडको अझ व्यवस्था गर्नुपर्ने देखिन्छ। कालापानीमा शैलुङ गाउँपालिकाले पर्यटकका लागि पदमार्गसहितका विभिन्न संरचना बनाएको छ।