नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ६ समूहको उपसूचक नकारात्मक

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ६ समूहको उपसूचक नकारात्मक
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५ विन्दुमा अडिएको छ।मंगलबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको थियो। सो दिन ६ अर्ब ६५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबार रकम सोमबारको तुलनामा घटेको छ। आज २९९ स्क्रिप्सको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाख  ४ हजार १३४ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन  एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दोल्टी पावरको सेयर १० प्रतिशतले बढ्यो। न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर ३२ अर्ब ४९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएकामध्ये १२४ स्टक्सको मूल्य बढ्दा १०८ वटाको घटयो। १० स्टक्सको मूल्य भने स्थिर रह्यो। सातवटा समूहको उपसूचक बढ्दा  ६ वटाको घट्यो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.