'वर्डक्याम्प नेपाल'को नयाँ संस्करण अप्रिल ४ र ५ मा हुने

'वर्डक्याम्प नेपाल'को नयाँ संस्करण अप्रिल ४ र ५ मा हुने
सुन्नुहोस्

काठमाडौं : 'वर्डक्याम्प नेपाल'को नयाँ संस्करण अप्रिल ४ र ५ मा आयोजना हुने भएको छ। आइटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल वर्डप्रेस कम्युनिटीले उक्त कार्यक्रम काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबारमा आयोजना गर्न लागेको हो। 

वर्डप्रेस तथा सूचना प्रविधिमा रुचि राख्ने नयाँ र अनुभवी दुवैका लागि यो कार्यक्रम ठूलो अवसर हुने आयोजकको दाबी छ। कार्यक्रममा वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे थाहा पाउन, नेटवर्क निर्माण र नयाँ अवसरहरूको खोजीकार्यमा पनि मद्दत गर्ने आयोजकको भनाइ छ।

कार्यक्रममा वर्डप्रेससम्बन्धी नयाँ जानकारी, प्लगइन र उत्पादनहरूका प्रदर्शन र विभिन्न कार्यशालाहरूको आयोजना पनि हुनेछ। 'पहिलो दिन वर्डप्रेसको ओपन-सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ। सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न र समुदायसँग जोडिन सक्नेछन्। यो दिन टिम लीडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन्। यस दिन वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर प्रोग्रामर दुवै खालको योगदानहरु कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिन्छ,' नेपाल वर्डप्रेस कम्युनिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च-इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर र विद्यार्थीहरू सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा भारत, बंगलादेश अमेरिका, युरोपेली मुलुकलगायतबाट विज्ञहरू सहभागी हुनेछन्।

आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेव डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसनदेखि ई-कमर्ससम्बन्धी सत्रसमेत सञ्चालन हुने आयोजकले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.