सभापति कप ट्रफी अनावरण, विजेताले २६ लाख पाउने
काठमाडौं : राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी प्रतियोगिताको ट्रफी बुधबार सार्वजनिक गरिएको हो ।
आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच सहिद गेटमा ट्रफी अनावरण गरेको हो । माघ १० गतेदेखि सुरू भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।
फाइनल खेल बिहीबार हुँदैछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !