लागुऔषध बरामद गर्न गोली प्रहार, एकजना घाइते

लागुऔषध बरामद गर्न गोली प्रहार, एकजना घाइते
सुन्नुहोस्

परासी : गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। नवलपरासी रामग्राम नगरपालिका–१२ पचगाँवका ५२ वर्षीय राजेश लोनियालाई बिहीबार राति प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो। 

लागू औषधको कारोबार हुँदैछ भन्ने सूचना पाएर लोनियाको घरमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा भैरहवाबाट सादा पोसाकका प्रहरी पुगेका थिए। 

जिल्ला प्रहरी कार्यालयको समन्वयमा लोनियाको घरमा पुगेको प्रहरी टोलीमाथि जाइलागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए। लोनियालाई नियन्त्रणमा लिन चार राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ। 

‘लोनियालाई नियन्त्रणमा लिने क्रममा उनका आफन्तहरूले प्रहरीलाई घेरे। स्थिति नियन्त्रण लिन हवाई फायर गर्यौं। फायर खोल्ने बितिक्कै लोनियाले प्रहरीको पेस्तोल खोस्न थालेपछि उनलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएका हौं। ’, डीएसपी बोहराले भने। उनको साथबाट ९३ पुरिया (९५ दशमलब ९८ ग्राम) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। 

साप्रामा एक गोली लागेका लोनियाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। लोनियमाथि २०७८ सालमा पनि मकवानपुर जिल्लामा लागुऔषधसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ। 
 
पचगाँवका केही स्थानीयहरू लामो समयदेखि घरबाटै लागुऔषध बिक्री गर्दै आइरहेको सूचना प्रहरीलाई दिएका थिए। सूचनाका आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाए पनि लुकिछिपी लागुऔषध बिक्री कार्य भने नरोकिएको स्थानीयले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.