उपत्यकामा शक्ति आर्जन गर्न जसपाले बनायो 'टास्क फोर्स'

उपत्यकामा शक्ति आर्जन गर्न जसपाले बनायो 'टास्क फोर्स'

काठमाडौं : काठमाडौं उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष 'टास्क फोर्स' गठन गरेको छ।

तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव र तारा विश्वकर्माको संयोकत्वमा छुट्टा-छुट्टै टास्क फोर्स गठन गरिएको पार्टीका महासचिव रामकुमार शर्माले बताए। 

देशभरिबाट उपत्यकामा बसोबास गर्ने मधेसी समुदाय तथा दलित समुदायहरूको हकहित तथा समस्याबारे पहल लिन समिति गठन गरिएको हो। टास्क  फोर्सबाट उपत्यकामा पार्टी संगठन बलियो बनाउन सहयोग पुग्ने विश्वास लिइएको महासचिव शर्माले बताए।

बैठकले सरकारले संसदमा पेस गरेको अध्यादेश अध्ययन गरेर पार्टीलाई सुझाव दिन पार्टी उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा अध्ययन समिति पनि बनाएको छ। समितिमा मृगेन्द्र प्रसाद सिंह, मनिष सुमन र दीपक कार्की छन्। 

बैठकले पार्टी महासचिव रामकुमार शर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज, बलवीर नेपालीलाई कर्णाली प्रदेशको इन्चार्ज र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ। जसपाले चलाएको ६ महिने जनसंगठन सुदृढीकरण अभियानको पनि समीक्षा गरेको छ। महासचिव शर्माले पार्टी निर्माणका लागि उक्त अभियान सञ्जीवनी बुटी बनेको बताए। उनले तराई मधेसको मुख्य शक्ति जसपा नेपाल रहेको बताए।

बैठकले चैतमा स्थानीय र वैशाखमा प्रदेशको अधिवेशन गर्ने निर्णय पनि गरेको छ। वैशाखभित्र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्नुपर्ने तय गरिएको महासचिव शर्माले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.