स्कटल्यान्डका तीन शहरमा लन्डन दूतावासको घुम्ती सेवा

स्कटल्यान्डका तीन शहरमा लन्डन दूतावासको घुम्ती सेवा

लन्डन : स्कटल्यान्डका विभिन्न तीन शहरमा लन्डनस्थित नेपाली दूतावासले घुम्ती सेवा प्रदान गरेको छ। एबरडिन, एडिनबरा र ग्लास्गोमा एक-एक दिन गरी जम्मा तीन दिन चलाइएको घुम्ती डेस्कबाट करिब २ सय नेपालीले लाभ लिएका छन्। 

एनआरएनए स्कटल्यान्डको समन्वय र स्थानीय नेपाली संघसंस्थासमेतको सहयोगमा फेब्रुअरी १ तारिखमा एबरडिन, २ तारिखमा एडिनबरा र ३ तारिखमा ग्लास्गोमा सेवा दिइएको थियो। एबरडिनमा ३५, एडिनबरामा ८० र ग्लास्गोमा ७७ जना स्थानीय नेपालीले सेवा लिएको एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डेले जानकारी दिए। 

घुम्ती डेस्कबाट अधिकांशले पासपोर्ट नवीकरणको आवेदन भरेका छन्। अन्यले वारेसनामा, एनआरएनए कार्ड, नयाँ पासपोर्ट, भिसालगायतका सेवा पनि लिएका छन्। संकलित आवेदनमध्ये दूतावासबाटै पूरा हुने कागजातहरू केही दिनभित्रै हुलाकमार्फत सेवाग्राहीलाई पठाइनेछ। नेपाल पठाउनुपर्ने पासपोर्टसहितका आवेदनहरू पनि केही सातामा काम सकिएपछि स्कटल्यान्डसम्मै पुर्‍याइने दूतावासले जनाएको छ। 

घुम्ती डेस्क लिएर उपनियोग प्रमुख विपिन दुवाडी नेतृत्वको दूतावासको टोली स्कटल्यान्ड पुगेको थियो। दूतावासको सेवा लिन कम्तीमा २ दिन बिदा मिलाएर आठ दश घण्टाको यात्रा गरी लन्डन जानुपर्ने बाध्यता छ। हवाई मार्ग पनि झन्झटिलो र खर्चिलो छ, एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पान्डेले सुनाए,  घरदैलोमै आएर दूतावासले सेवा दिँदा निकै सहज भएको छ।

दूतावासका उपनियोग प्रमुख दुवाडीले तीन दिने घुम्ती सेवामा सेवाग्राहीको उत्साहजनक सहभागिता रहेकोमा खुसी व्यक्त गरे। भौगोलिक हिसाबले निकै टाढा र उल्लेख्य संख्यामा रहेको नेपालीको बसोबासलाई ध्यानमा राखेर स्कटल्यान्डमा घुम्ती सेवा दिइएको उनले बताए। आवश्यकताका आधारमा बेलायतका अन्य क्षेत्रमा पनि घुम्ती डेस्कहरू सञ्चालन गर्दै जाने योजना रहेको उपनियोग प्रमुख दुवाडीले जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.