गैंडा स्थानान्तरणको काम सकियो

गैंडा स्थानान्तरणको काम सकियो
फाइल तस्बिर

चितवन : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैंडा स्थानान्तरणसँगै यस वर्षका लागि गैंडा स्थानान्तरणको काम सकिएको छ। निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैंडा यस वर्ष स्थानान्तरण गरिएको हो।

एउटा भाले गैंडा सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौली क्षेत्रबाट पूर्वी क्षेत्र स्थानान्तरण गरिएको हो। तीन वटा पोथी गैंडामध्ये एउटा नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट र दुईवटा पोथी गैंडा अमलटारी क्षेत्रबाट ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए। उनका अनुसार आज साँझ पोथी गैंडा स्थानान्तरणसँगै यस वर्षका लागि आन्तरिक स्थानान्तरणको काम सकिएको छ।

स्थानान्तरण गरिएका गैंडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ। आज छोडिएको पोथी गैंडा अन्दाजी १३ वर्षको रहेको उनले जानकारी दिए। शनिबारदेखि गैंडा आन्तरिक स्थानान्तरणको काम गरिएको हो। आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैंडालाई एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैंडालाई ल्याइएको थियो।

विभागले गैंडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो। सो समितिले पश्चिम सेक्टरमा ६० प्रतिशत र पूर्वी सेक्टरमा ४० प्रतिशत गैंडा रहेको अनुमान गरिएको छ। स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैंडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैंडा रहेका छन्। जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैंडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैंडा छन्। पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा छन्। निकुञ्जले गत वर्ष छ वटा गैंडा स्थानान्तरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.