एलईभी ०१ को बालुवाटारमा ग्राण्ड एक्सचेन्ज क्याम्प सुरू

एलईभी ०१ को बालुवाटारमा ग्राण्ड एक्सचेन्ज क्याम्प सुरू

काठमाडौं : एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी ०१ को ग्राण्ड एक्सचेन्ज क्याम्प  आजबाट सुरू गरेको छ। कम्पनीले आज ९माघ २३ गते०देखि बालुवाटार शोरुममा एक्सचेन्ज क्याम्प सुरू गरेको हो। उक्त क्याम्प माघ ३० गतेसम्म चल्नेछ।

कम्पनीका अनुसार एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो गाडीसँग इलेक्ट्रीक एसयूभी एलईभी ०१ साट्न सकिनेछ । साथै, टेस्ट डाइभ एक्सपिरियन्स पनि लिन सकिने छ। त्यस्तै, एक्सचेन्ज क्याम्पमा एक्ससाइटिङ गिफ्ट ह्याम्पर, ग्रेट एक्सचेन्ज भ्यालुएसन, लोयल्टी बोनस पाउन सकिनेछ । कम्पनीले गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूको लागि ६.६ किलोवाटको चार्जरका साथै १ वर्षको रोड ट्याक्स र इन्स्योरेन्स समेत दिएको छ ।

गत महिना नेपाल भित्रिएको एलईभी ०१ क्रसओभर इलेक्ट्रीक एसयूभी हो । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल डिजाइन हाउस संघाइ लन्च अटोमोटिभको सब्सिडियरी कम्पनी एलएस अटोले बनाएको एलईभी ०१ नेपाली बजारमा स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

एलईभी ०१ मा ६७।१ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक रहेको छ । हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यो ब्याट्रीप्याकले समान साइज भएका अन्य ब्याट्रीप्याक भन्दा ८ देखि १० प्रतिशत बढी रेन्ज दिने कम्पनीको दाबी छ  । यो एसयूभीमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ ।

इलेक्ट्रीक एसयूभी भईकन पनि २१० एमएमको ग्राउण्ड क्लियरेन्स हुनु यो एसयूभीको अर्को विशेषता हो । एलईभी ०१ को क्याबिनमा मल्टिकलर एम्बियन्ट लाइट, मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिटकभर,  इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्ट क्लस्टर, प्यानारोमिक स्काई रुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड तथा अटोमेटिक एसी जस्ता फिचर छ ।

सुरक्षाको लागि यो एसयूभीमा ६ वटा एयरब्याग, ईबीडी, एबीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड, हिल असिस्ट कन्ट्रोल लगायत फिचर रहेको छ । यो एसयूभीले युरो एनक्याबबाट क्रयास टेस्टमा ५ स्टारको सेफ्टी रेटिङ समेत पाएको छ ।  कम्पनीले यो एसयूभीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । कम्पनीले स्ट्याण्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.