शहरी चहलपहलदेखि दुर्गम गाउँसम्म : डिलाइटले नेपाली उपभोक्ताको मन जित्दै

शहरी चहलपहलदेखि दुर्गम गाउँसम्म : डिलाइटले नेपाली उपभोक्ताको मन जित्दै

काठमाडौं : नेपालको राजधानी काठमाडौंदेखि दुर्गम गाउँहरुमा डिलाइट डेरी ह्वाइटनरले आफ्नो पहिचान उपस्थिति सङ्गै बलियो बनाएको छ । शहरी बजारको चहलपहल होस् वा हिमाली गाउँको शान्त परिवेश, डिलाइट हरेक ठाउँका पसलका र्‍याकहरूमा सजिलै उपलब्ध छ । डिलाइटको उपस्थिति मात्रै नभएर, नेपालभरिका उपभोक्ताहरूलाई जीवनयापनमा  सहजीकरण गर्नको लागि आफ्नो ठाउँ सुरक्षित गरेको छ। 

डिलाइट डेरी ह्वाइटनरको व्यापक उपलब्धताले दुर्गम क्षेत्रका मानिसहरूको दैनिकीलाई सहज बनाएको छ। हुम्ला, जुम्ला, कर्णाली र लोमाङथाङजस्ता हिमाली गाउँहरूमा दूधको उत्पादन सीमित भएता पनि चिया र कफीको क्रिमी स्वादको इच्छाशक्ती भने असिमित नै छ । यि असिमित चाहानालाई पुरा गर्न   डिलाइट डेरी ह्वाइटनर एक भरोसायुक्त विकल्पको रूपमा आफ्नो पहिचान लिएर कुना कन्दरामा पुगिसकेको छ । 

चियाभञ्याङ (पाँचथर) देखि झुलाघाट (बैतडी)सम्म फैलिएको मध्यपहाडी राजमार्गका प्रमुख शहरहरूमा पनि डिलाइट डेरी ह्वाइटनरले आफ्नो उपस्थिति जनाएको छ। ईलाम पाँचथरका हरिया चियाबारी हुँदै बसन्तपुरको चिसो मौसम, खुरकोटको व्यस्त बजारदेखि डुम्रे र बागलुङको सांस्कृतिक रौनक अङल्दै, बुर्तिबाङको सुन्दरता चिचोल्दै रुकुमकोट र अमरगढीको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै डिलाइटले हरेक ठाउँमा सहजता, गुणस्तरीयता र भरोसाको अनुभव बोकेर पुगेको छ। हरेक मोडमा, हरेक चौतारीमा-डिलाइट, तपाईंको विश्वस्त साथी भएको छ ।

आधुनिक जीवनशैलीको अभिन्न हिस्सा बनेको डिलाइट डेरी ह्वाइटनर अब सबैका लागि सजिलै उपलब्ध छ। नजिकैको किराना पसलदेखि बीबीएसएम, सेलवे, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला सुपरमार्केटहरुमा पाइन्छ। त्यसै गरी  दराज, ठूलो डट कम, र स्मार्टडोकोजस्ता इ-कमर्स साइटहरूमा केवल एक क्लिकमै उपलब्ध हुने डिलाइट अब घरमै आउने  भएको छ। डिलाइट डेरी ह्वाइटनर केवल उपलब्धतामा सीमित नभै सजहाँ पनि जहिले पनि उपभोक्ताको नजिक  रहेको छ । 

गुणस्तर र सहुलियतको प्रतीक, डिलाइट डेरी ह्वाइटनर हरेक व्यक्तिको भरपर्दो साथी बनेको छ। खुद्रा पसलदेखि आधुनिक स्टोर र इ(कमर्स प्लेटफर्मसम्म सहज उपलब्धताका कारण, डिलाइट कर्मशील व्यक्तिहरू, गृहिणीहरू, र सबैका लागि एक विश्वासिलो विकल्प हो। डिलाइट डेरी ह्वाइटनर एउटा उत्पादन मात्र नभएर यो घरको क्रिमी स्वाद हो, जुन तपाईंको दिनले जहाँ लगे पनि सधैं तपाईंको साथमा रहन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.