एआईजी दीपक थापा प्रधानमन्त्रीबाट सम्मानित

एआईजी दीपक थापा प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापा सम्मानित भएका छन्। नेपाल पुलिस क्लबको ‘द ब्लु पेभिलियन’ निर्माण सम्पन्न गर्ने तत्कालीन उपत्यका प्रहरी प्रमुख एआइजी थापालाई प्रशंसापत्रसहित सम्मानित भएका हुन्। 

शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्‍घाटन कार्यक्रममा थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसासहित सम्मान गरेका हुन्। 

एआईजी थापाले उपत्यका प्रहरी प्रमुख र डीआइजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रूपमा विकास गर्न भूमिका खेलेका थिए। एआइजी थापा अहिले सीआइबी प्रमुख छन्।

थापासँगै प्रा.डा. द्वय शंकर थापा, धनश्याम भट्टराई र प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो। समारोहमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानसिक हिसाबले स्वस्थ र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने बताए। नेपाल प्रहरीले जनताको अपेक्षाअनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवं कानुन बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसम्मत् ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.