नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस सेतीदोभानमा दुर्घटना

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस सेतीदोभानमा दुर्घटना

चितवन : नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडक खण्डको भरतपुरस्थित सेतीदोभानमा दुर्घटना हुँदा  २४ जना घाइते भएका छन् । आइतवार बिहान पौने पाँच बजे भरतपुर महानगरपालिका २९ सेतीदोभानमा लु.प्र.०३-००१ख ००७७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस पुलवाट अन्दाजी १५/२० मिटर तल खोल्सामा खसेको थियो ।  चितवन प्रहरीको टोलीले उद्वार गरेर घाइतेहरुलाई अस्पताल पठाएको छ । प्रहरीका अनुसार गाडीमा रहेका २९ जनामध्ये २४ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको छ  । घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.