नगदेशमा १२ वर्षपछि पुलुकिसी नाच (फोटोफिचर)

नगदेशमा १२ वर्षपछि पुलुकिसी नाच (फोटोफिचर)

भक्तपुर : भक्तपुरको नगदेशमा १२ वर्षपछि ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ। मध्यपुर थिमि नगरपालिका-७  स्थित नगदेशमा लायकू दरबारको संयोजनमा १२ वर्षपछि ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको हो। तिथि अनुसार माघ द्वादशीका दिन यो नाच प्रदर्शन गरिन्छ।

एक जना कुमार बरलाई लावण्य देशको नवनियुक्त राजा मानेर नगदेशका भित्री तथा बाहिरी क्षेत्रमा बाजागाजासहित किसी माथि चढेर नाच प्रदर्शन गरिन्छ। 

किम्बदन्ती अनुसार तत्कालीन लावण्यमा राजाको मृत्यु भएपछि राजसत्ता खाली हुन्छ। नयाँ राजा चुन्नका लागि एउटा हात्तीद्वारा छनोट गराउने निधो गरिन्छ। जसलाई हात्तीले माला लगाइदिन्छ उही राजा हुने उर्दी गरिन्छ। 

उर्दी जारी भएपछि त्यो राज्यका सबै जनताहरू सझिएर हात्तीको वरपर घुमिरहेका हुन्छन्। त्यही बेला नव राज राजकुमार पनि परदेश जाने क्रममा लावण्य देश पुग्छ। आर्थिक रूपमा धेरै नै विपन्न भएपछि धन कमाउन उनी परदेश हिँडेका हुन्छन्। लावण्य देशमा पुग्दा मानिसहरूको बाक्लो भिड हात्तीको अघिपछि  हिँडेरहेका हुन्छन्। एउटा पाटीको छेउमा झुत्रा लुगा र दयनीय अवस्थामा मानिसहरू र हात्तीको चर्तिकला नियालिरहेका हुन्छन्। 

त्यही बेला हात्तीले उही दरिद्र एवं गरिब ब्राम्हणलाई पटक पटक गरी ३ पटकसम्म माला लगाई दिएर राजा छान्छ। तर राजा छनोट भएपछि राजा बन्न उनकी आमा गोमाबाटै राज्यभिषेक गराइनुपर्ने सर्त नवराजले राखेको हुन्छ। सर्त अनुसार राज्यभिषेकका लागि आमा गोमालाई लावण्य देश बोलाइन्छ। 

नव नियुक्त राजा नवराजको राज्यभिषेक गराइन्छ। त्यसपछि गोमा स्वदेश फकिन्छन्। छनोट भएपछि तामझामका साथ नव नियुक्त राजा नवराज बाजागाजासहित हात्ती माथि चढेर लावण्य देश घुम्छन्। यही अंशलाई आधार मानेर पुलुकिसी नाच प्रदर्शन गरिन्छ।

यस नाचमा नागचा एक जना, ३ जना बाटो बदल्ने महिला, राजा बन्ने एक जना गरी ५ जना कलाकार हुन्छन्। नाय खिं, मुहाली बाजा र छुस्यां बाजाको धुनमा राजा बन्ने व्यक्तिले नाच प्रस्तुत गर्दछ।

विगत १२ वर्षदेखि नाचमा लाग्ने आर्थिक भारका कारण कलाकारको अभाव भएपछि नाचले निरन्तरता पाउन सकेको थिएन। नाचसँगै भोज पनि आयोजना गरिन्छ। अघिल्लो नाचमा कलाकारहरूले भोजदेखि सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्ने थियो। नगदेश लायकू दरबारका अनुसार यस पटक भने नगरपालिकाबाट आर्थिक सहयोग र स्थानीय, कला प्रेमीहरूबाट चन्दा संकलन हुने भएपछि आर्थिक भार कम हुने भएको छ। 

नगदेश लायकू दरबारका अनुसार यस पटक नाच सञ्चालन गर्न १० देखि १२ लाख रुपैयाँ खर्च हुने अनुमान छ। लायकू दरबारका सदस्य भाइजन बाडेले  नगरपालिकाको आर्थिक सहयोग र स्थानीय कला प्रेमीहरूबाट संकलित रकमबाट आर्थिक व्यवस्थापन गरिने जानकारी दिए। 

उनले  भोजमा पनि प्रत्येक व्यक्तिबाट रकम संकलन  हुने बताएका छन्। भिड तथा भोज व्यवस्थापनका लागि प्रत्येक भजन खलबाट कम्तीमा पनि ५ जना स्वयम् सेवक परिचालन गरिने उनको भनाइ छ। 

यो पुलुकिसी नाच र अन्य पुलुकिसी नाचमा के फरक छ ?
नगदेश लायकू दरबारका नाय  पमा(प्रधान नाइके) राम कृष्ण बाडेका अनुसार यस नाचमा प्रयोग हुने किसी भनेको वास्तवमै हात्ती हो। नेपाल भाषामा हात्तीलाई किसी भनिन्छ।  यस नाचमा किसीलाई नारायणको प्रतीकका रूपमा लिइने प्रधान नाइके राम कृष्ण बाडे बताउँछन्। 

काठमाडौंको बसन्तपुर र भक्तपुरको भक्तपुर नगर क्षेत्रमा पनि पुलुकिसी जात्रा हुँदै आएको छ। यी दुवै पुलुकिस ईन्द्र जात्राका अवसरमा प्रदर्शन गरिन्छ। सांस्कृतिक जानकारहरूका अनुसार यी दुवै नाचमा पुलुकिसीलाई स्वर्गका राजा इन्द्रको बहान एरावत हात्तीका रूपमा लिइन्छ। नाचको कथाअनुसार पनि यस नाचमा नयाँ राजाको छनोट किसीमार्फत गरिन्छ भने अन्य पुलुकिसी जात्रामा आफ्ना देवताका खोजीमा भौतारिरहेको हुन्छ। 
nullnullnullnullnullnullnullnullnullnullnullnullnull

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.