तेस्रो मध्यपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तेस्रो मध्यपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
तस्बिर : जेनिस बाडे

भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। 

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा बिहीबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो। मध्यपुर थिमि नगरपालिका-२ स्थित मध्यपुर युथ एसोसिएसन खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिएको थियो। संघीय सांसद एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रतियोगिताको उद्घाटनको उद्घाटन गर्दै संघीय सांसद दुर्लभ थापाले पढाइसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई मानसिक तथा शारीरिक रूपमा तन्दुरुस्त बनाउने भएकाले पढाइमा पनि ध्यान दिएर खेल लगायत अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रेरित गरे। 

प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ। नगरपालिकाका अनुसार भलिबल,कबड्डी, एथलेटिक्स र मार्सल आर्टस गरी ४ वटा खेल विधामा प्रतियोगिता हुनेछ। जसमा ५८ वटा इभेन्ट हुनेछन्। 

बोदेको बोदे माध्यमिक विद्यालय, थिमि लायकूको आदर्श लायकू  माध्यमिक विद्यालय, सानोठिमीको आदर्श माध्यमिक विद्यालय र मध्यपूर यूथ एसोसिएसन खेल मैदानमा खेलहरू सञ्चालन हुने छन्। 

प्रतियोगितामा २३ वटा विद्यालयबाट १ हजार २ सयभन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ। दोस्रो रनिङ शिल्डको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.