प्रेम दिवस मनाउन जाने होइन त रानीमहल ?

प्रेम दिवस मनाउन जाने होइन त रानीमहल ?
फाइल तस्बिर।
सुन्नुहोस्

तानसेन : आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस। आजको दिनलाई ‘भ्यालेन्टाइन डे’ को रूपमा विश्वभरका युवायुवती तथा प्रेमी प्रेमिकाहरूले प्रेम व्यक्त गर्ने दिनका रूपमा मनाउँछन्। नेपालमा भने प्रेमी पे्रमिकाहरू आफ्नो साचो प्रेम व्यक्त गर्न प्रेमको प्रतीक पाल्पाको रानीमहल दरबारमा पुग्ने गर्छन्। राणाकालीन समयदेखि नै पाल्पाको रानीमहल दरबार प्रेमको प्रतीकको रूपमा परिचित छ। प्रणय दिवसको अवसरमा नवजोडी तथा प्रेमी प्रेमिकाको लागि पाल्पाको रानीमहल दरबार आकर्षणको केन्द्र बनेको छ। 

प्रणय दिवसको अवसरमा रानीमहल दरबारलाई तानसेन नगरपालिकाले सरसफाइ गरी चिटिक्क पारेको छ। दरबारअगाडि सुन्दर फूलसहितका बगैंचा, लाइटिङसहित पानीका पोखरी तथा फोहोर, युरो गार्डको खानेपानी र पर्यटकहरूलाई निःशुल्क वाईफाईको व्यवस्था गरिएको छ। तानसेन नगरपालिकाले रानीमहललाई पूर्ण रूपमा सफा सुन्दर व्यवस्थित बनाई रातिमा समेत झिलिमिली बत्तीले सजाएर अवलोकन गर्ने गरी व्यवस्था मिलाएको छ। रानीमहलमा प्रेम आदानप्रदान गर्दै कालीगण्डकीमा र्‍याफ्टिङको मजा लिने गरी व्यवस्था गरिएको छ। प्रणय दिवसको अवसरमा तानसेनका अधिकांश होटलहरूले खाना तथा बासमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिएका छन्। ‘रानीमहलको विभिन्न मिडियामा चर्चा गरेको देखे पनि प्रत्यक्ष रूपमा आज हेर्ने मौका मिल्यो’, काठमाडौंबाट रानीमहल दरबार हेर्नकै लागि श्रीमतीसहित आएका प्रेम श्रेष्ठले बताए।

प्रेमको प्रतीक रानीमहल पुग्ने प्रेमी प्रेमिकाहरू निकै रमाएका छन्। एकअर्कालाई अँगालो मार्दै युवायुवतीले मधुर मुस्कानसहित फोटो खिचेको दृश्यले रानीमहल दुई, चारदिन अगाडिदेखि नै प्रणय दिवसमय भएको छ। रानीमहल क्षेत्रका होटलहरू आन्तरिक पर्यटकले भरिएका छन्। प्रेम दिवसको अवसरमा चितवन, काठमाडौं, बुटवल हेटौंडा, पोखरालगायतका स्थानबाट प्रेमी तथा प्रेमिकाहरू रानीमहल पुगेका छन्। 

‘प्रेमको प्रतीक रानीमहल आउने धोको पहिलेदेखिकै थियो। अहिले श्रीमान्सँग रानीमहल घुम्दा निकै आनन्द आयो’, काठमाडौं गोंगबुकी मीना श्रेष्ठले भनिन्, ‘रानीमहल दरबार देख्दा त्यो बेलामा राणा खड्गशमशेरले साँच्चै नै रानीप्रति गरेको सच्चा प्रेम झल्किँदो रहेछ। श्रीमान् श्रीमती जोडी भएर रानीमहल घुम्न आएको र रानीमहल देख्नासाथ आफूहरूको मनमा पनि प्रेम भाव पैदा भएको रूपन्देही बुटवलकी मीना पन्थीले खुसी हुँदै बताइन्। 

राणा खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरबारनिर्माण गरेका थिए। राणा खड्गशमशेरले विसं १९४९ सालदेखि रानीमहल दरबारको निर्माण सुरु गरी ६ वर्ष लगाएर १९५५ मा पूरा गरेका थिए। बेलायती दरबारशैलीमा निर्माण गरिएको प्रेमको प्रतीक रानीमहल पुग्ने प्रेम जोडीहरूलाई बस्न, मीठा मीठा कुराकानी गर्न र आनन्द लिनका लागि दरबारपरिसरमै शिव पार्वतीको मन्दिर, विभिन्न फूलबारी बगैंचा बनाइएको छ। तानसेनदेखि रानीमहलमा जाने १३ किलोमिटर सडकको पिच गरिएको छ। रानीमहल दरबार रेखदेखका लागि पुरातŒव विभागबाट १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ। 

रानीमहल दरबार अवलोकनका लागि दैनिक ३ सयदेखि ५ सयसम्म पर्यटकहरू पुग्ने नगरपालिकाले जनाएको छ। रानीमहल दरबारबाट तानसेन नगरपालिकाले वार्षिक रूपमा ७० लाखदेखि १ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.