ललितपुरको सिभिल होम्सको एक घरमा आगलागी
काठमाडौं : ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा रहेको एक घरमा आगलागी भएको छ। सिभिल होम्समा रहेको एक घरको पूजा कोठामा आगलागी भएको प्रहरीले जनाएको छ। बिहान साढे ८ बजेतिर आगलागी भएको हो।
अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीले आगो नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।आगलागीबारे खुलेको छैन।
प्रतिक्रिया दिनुहोस !