रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

रोल्पामा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
सुन्नुहोस्

रोल्पा : रोल्पाको दक्षिणी त्रिवेणी गाउँपालिका-६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ ।  गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि सख्त घाइते बनाएको भनी प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी चौकीका प्रहरी नायव निरीक्षक दिवश हिताङको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुग्दा असिम्ता मृत फेला परेकी थिइन्।

इलाका प्रहरी चौकी होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापति नेतृत्वको थप प्रहरी समेत घटनास्थल पुगेको थियो । हत्या आरोपमा खिमबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

गाउँलेका अनुसार बुढामगरले श्रीमतीलाई बेलाबेलामा कुटपिट गर्दथे । के कति कारणले हत्या भएको भन्ने अझै खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.