रंगशालामा खचाखच दर्शक, फाइनलको पहिलो हाफ बराबरीमा
काठमाडौं : महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपाल र म्यानमार दुवै टिमले मौका बनाए पनि गोल गर्न सकेनन्।
खेलको ११औं मिनेटमा युन वादी ह्यालिङले गरेको प्रहार एन्जिलाले रोकिन्। २४औं मिनेटमा म्यानमारकी सान थले गोलरक्षकलाई समेत विट गरेर पोष्टभित्र हानेको प्रहार विमला विकले पोष्ट भित्रबाट उत्कृष्ट बचाउ गरिन्।
३५औं मिनेटमा सावित्रा भण्डारीले गरेको प्रहारलाई म्यानमारकी गोलकिपर म्यो म्या नेइनले विफल बनाउँदा नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो। रेखाले पेनाल्टी बक्सबाहिर निकालेको क्रसलाई सावित्राको प्रहार रोकियो। खेलको ४३औं मिनेटमा रेनुका नगरकोटीले दायाँ कर्नरबाट निकालेको क्रसमा सावित्राको हेडर कनेक्ट हुन सकेन।
जारी प्रतियोगिताको लिग चरणमा दुवै टिमले २/२ खेल जित्दै फाइनल खेलेका हुन् नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-०, लेवनानलाई १-० ले पराजित गरेपश्चात तेस्रो खेलमा म्यानमारसँग २-२ बराबरी खेलेको थियो। नेपाल र म्यानमारले २०१९ मा पहिलो पटक फाइनलमा भेट गरेका थिए। जसमा म्यानमारले नेपाललाई ३-१ ले हराएको थियो। हालसम्म यी दुई टिमले ५ पटक एक अर्काको सामना गरेका छन् र जसमा म्यानमारले ३ जित हात पारेको छ भने २ खेल सकिएको छ।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !