पालपाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा
तानसेन : ४३ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पाल्पाका सबै स्थानीय तहले आज फागुन १५ गते बिहीबारलाई सार्वजनिक बिदा दिएका छन्।
पाल्पामा मगरहरूको मात्र ५४ प्रतिशत जनसंख्या रहेको छ। मगर दिवसका अवसरमा सबै पालिकाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मगर एकता दिवसलाई भव्यताका साथ मनाउन जुटेका छन्।
कार्यक्रममा मगरहरुको इतिहास, चाल चलन, भेषभुषा, कला संस्कृति रहन सहन, झाक सहित विभिन्न गतिविधिहरू प्रस्तुतिको लागि मगर समुदायहरू लागेका छन्।
पाल्पामा मगरीकला संस्कृतिहरू निकै लोकप्रिय रहेका छन्। पाल्पामा मगरी कला संस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदायहरू रमाउने गरेका छन्। पाल्पाका १० वटै स्थानीयतहदेखि वडा वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि गरेको नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेडी थापाले बताइन्।
प्रतिक्रिया दिनुहोस !