अन्तर्राष्ट्रिय आईटी सम्मेलन ‘युबुकन एसिया २०२५’को मिडिया पार्टनरमा अन्नपूर्ण
काठमाडौं :अन्तर्राष्ट्रिय आईटी सम्मेलन ‘युबुकन एसिया २०२५’ को मिडिया पार्टनरमा अन्नपूर्ण मिडिया नेटवर्क रहने भएको छ । बिहीबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित एक समारोहबीच सम्मेलनको अफिसियल मिडिया पार्टनर रहने सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत,सिनियर मार्केटिङ म्यानेजर बिनोद कोइराला र युबुन्टु नेपालका अध्यक्ष आदित्य सिंह, सचिव रोशन पाण्डे, मार्केटिङ हेड युश पोखरेलले संयुत्तरुपमा हस्ताक्षर गरेका हुन्।
‘आईटीको अन्तर्राष्ट्रिय सम्मेलन युबुकन एसिया नेपालमा गर्न पाउँदा हामी गौरवान्वित छौं’युबुन्टु नेपालका अध्यक्ष आदित्य सिंहले भने ,‘त्यसमा हामी युवा आईटी इन्जिनियरहरूलाई अन्नपूर्ण मिडियाले साथ दिँदा झनै खुसी र्छौं ।’
उनका अनुसार सम्मेलनमा संसारभरबाट छानिएका कोडिङ,सफ्टवेयर डेभलर्पर,आईटी कम्पनीको सञ्चालकहरूसहित पाँच सय जना आईटी इन्जिनियरहरूको सहभागीता रहनेछ । ओपन सोर्सकाविज्ञहरू पनि सहभागी हुनेछ । सम्मेलन २०८२ भाद्र १४ र १५ गते काठमाडौंमा हुँदैछ । यो सम्मेलन चौथो संस्करण हो । यसअघि साउथ कोरिया,इन्डोनेसिया र भारतमा भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !