ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी ६ संघलाई राखेपले गर्यो निलम्बन
काठमाडौं : नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो।
राखेपले नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघलाई निलम्बन गरेको हो।
राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई बोर्ड बैठकले अनुमोदन गरेको हो।
प्रतिक्रिया दिनुहोस !