भिरबाट लडेर वृद्धको मृत्यु

भिरबाट लडेर वृद्धको मृत्यु
सुन्नुहोस्

दार्चुला : दार्चुलामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ। नौगाड गाउँपालिका-१ इयरकोटका विरभान सिंह महताको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जननाएको छ।

निगालोको चोया निकाल्न गएका ७६ वर्षीय महताको सल्याडी भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

फागुन ६ गते निगालोको चोया निकाल्न भनि घरबाट गएका महता धेरै दिनसम्म पनि घर नआएपछि उनको परिवारले प्रहरीमा खोजीकार्यका लागि निवेदन दिएका थिए। त्यसपछि प्रहरी र स्थानीयहरूले खोज्दैजाँदा बुधबार महताको शव सल्याडी भिरमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.