पाल्पामा मनाइयो राष्ट्रिय मगर एकता दिवस
तानसेन : जातीय विविधताको प्रदर्शन गर्दै पाल्पामा ४३औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ। पाल्पाका १० वटै स्थानीय तह तथा ४० भन्दा बढी वडाहरूमा मगर जातीय विविधताको प्रदर्शन गरी राष्ट्रिय मगर एकता दिवस मनाइएको हो।
पाल्पाका हरेक मगर टोल बस्तीमा मगर समुदायहरू भेला भएर भव्यताका साथ मगर दिवस मनाएका छन्। पाल्पामा मगरहरूको मात्र ५४ प्रतिशत जनसंख्या छ। मगरहरूको इतिहास, चाल चलन, भेषभुषा, कला संस्कृती रहन सहन, झाकीसहित विभिन्न गतिविधिहरूसहित राष्ट्रिय दिवस मनायएको माथाँगढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए।
पाल्पामा मगरीकला संस्कृतिहरू निकै लोकप्रिय रहेका छन्। पाल्पामा मगरी कला संस्कृती झार्मे, सालेजो, कौडा, मारुनी, ठुलो नाच, झ्याउरे सस्कृतीमा मगरसहित सबै समुदायहरू रमाउने गरेका छन्। मगर दिवसको अवसरमा मगरी जात जातीका विभिन्न परिकारहरु मेला स्टलमै पकाउदै खादै रमाउँदै गरेका छन्। मगरहरूको बटुक, सेल रोटी, मेवाको अचार, चुकाउनी, विभिन्न माछाका परिकारमा अन्य जात जातीहरू पनि खाँदै रमाएको सराईकी मगर महिला अगुवा चेत कुमारी चिदीले बताइन्।
प्रतिक्रिया दिनुहोस !