चौतारा अस्पताल बन्यो बागमती प्रदेशकै उत्कृष्ट

चौतारा अस्पताल बन्यो बागमती प्रदेशकै उत्कृष्ट
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा अस्पताल गुणस्तर सुधार न्यूनतम मापदण्ड कार्यान्वयनमा ९३ अंक प्राप्त गरी बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको छ।
 
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले चौतारा अस्पतालको अनुगमनपछि उक्त नम्बर दिँदै प्रदेश भरकै उत्कृष्ट घोषित गरेको हो। अस्पतालले माद्यमिक ‘ए’ लेबलको अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयन एमएसएसको सूचाङ्क अनुसार १०० प्रतिशतमा ९३ प्रतिशत ल्याउन सफल भएको थियो। निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमनका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट नवीन दर्नालसहितको समितिले अनुगमन गर्दा अस्पतालको सेवामा उल्लेख्य सुधार रहेको र सेवा प्रवाह मापदण्ड कार्यान्वयनमा उत्कृष्ट रहेको पाइएको हो। 

अस्पतालले गर्ने नियमित काम उपचारलगायतको विषयमा अध्ययन अनुगमनका आधारमा चौतारा अस्पताल उत्कृष्ट घोषित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले जानकारी दिए । सेवा प्रवाहलाई कमजोर हुन नदिन उनले अनुरोधसमेत गरे । अस्पतालको नियमित बैठक, दैनिक बिहानी छलफल, विद्युतीय हाजिर अनिवार्य, बिरामीको लागि टोकनको व्यवस्था, सूचनापाटीमा सूचना टाँस गर्ने, अस्पतालको आफ्नै वेबसाइट निर्माण, सिसिटिभी क्यामराको जडान, सुरक्षा गार्डलगायतको पक्षमा अध्ययन गरेको थियो।  

अस्पतालको निमित बैठक बस्ने, दैनिक बिहानी छलफल, विद्युतिय हाजिर अनिवार्य, बिरामीको लागि टोकनको व्यवस्था, सूचनापाटीमा सूचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाइट निर्माण गरी सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसी टिभी क्यामेराको जडान  लगायत  अस्पतालको राम्रा पक्षहरु भएको निर्देशनालयले जनाएको छ। 

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुद्रमणी भण्डारीले नियमित सेवामा जनरल ओपिडी सेवा, हाडजोर्नी, दन्त सेवा, सर्ने–नसर्ने रोगको सेवा, प्रसूति सेवालगायतका उपचार दिँदै आएको बताए । सुरुमा १५ शैयाको अस्पताल प्रादेशिक अस्पताल भएसँगै बागमती प्रदेश सरकार मन्त्रीपरिषद् तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० शैयाको भएको थियो। अहिले सो अस्पतालले ६२ शैयाबाट सेवा दिँदै आएको छ। अस्पतालले केही समयअगाडिबाट डायलासिस सेवा पनि उपलब्ध गराउँदै आएको छ। 

अस्पतालले क्षयरोगको औषधी वितरण, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा एकाइ, स्वास्थ्य बिमा सेवा लिने स्थान, पालो कुर्ने स्थानलगायतका प्रबन्ध गरेको छ। महिनामा करिब तीन हजार जना बिरामीले ओपिडी सेवा लिने गरेको तथ्याङ्क छ। विशेषज्ञ डाक्टरसहित ६३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल १६ जना डाक्टर कार्यरत रहेका छन्। दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.