अदालतको आदेश अटेर गरेर अमेरिकामा लुकीछिपी बस्ने तीन नेपाली निष्कासित

अदालतको आदेश अटेर गरेर अमेरिकामा लुकीछिपी बस्ने तीन नेपाली निष्कासित
सुन्नुहोस्

काठमाडौं : अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अमेरिकी अदालतको फैसलालाई अटेर गरेर लुकीछिपी बस्ने ती नेपालीहरूलाई निष्कासन गरिएको हो। 

निष्कासनमा पर्नेमा खड्का, गुरुङ र सुवेदी थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता एयर इन्डियाको जहाजबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। मानव तस्करको सहयोगमा उनीहरू अमेरिकामा अवैध प्रवेश गरेका थिए। केही समयपछि उनीहरूको मुद्दा अदालती प्रक्रियामा गएको थियो। त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले कागजपत्रमा कैफियत फेला पारेपछि तीनैजनालाई पीआर दिन अस्वीकार गरेको थियो। 

अदालतले उनीहरूलाई डीपोर्ट (निष्कासन)को आदेश पनि सुनाएको थियो। अदालतको आदेश अवज्ञा गर्दै उनीहरू गैरकानुनी तरिकाले अमेरिकामा लुकीछिपी बस्दै आएका थिए। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आप्रावसन नीति'सम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेपछि उनीहरूलाई त्यहाँको आइसीई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनाको ट्राभल डकुमेन्ट बनाएर आइसीई प्रहरीले उनीहरूलाई नेपाल फर्काएको थियो।

गत सातामात्रै अमेरिकाले ११ जना नेपालीलाई नेपाल फर्काएको थियो। अमेरिकाले पहिलोपटक जहाज नै चार्टर गरेर उनीहरूलाई नेपाल ल्याएको थियो। उनीहरूमध्ये ८ जना गैरकानुनी तरिकाले अमेरिका पुगेका थिए। उनीहरूलाई प्रहरीको मानव बेचबिखन ब्युरोले सोधपुछ पनि गरेको थियो।

त्यसअघि अमेरिकाले दुई महिनामा २९ जना नेपालीलाई नेपाल फर्काएको थियो। तीमध्ये अधिकांश ट्रम्प प्रशासन लागू भएपछि नेपाल फर्किएको स्रोतले बताएको छ। 

यो पनि पढ्नुस्:

अमेरिकी दूतावासले भन्यो- अवैध आप्रवासन अन्त्य गरेरै छाड्छौं, दलालको झुटो आश्वासनमा परेर जीवन जोखिममा नपार्नुस्

९० लाख खर्चिएर अमेरिका पुगे, हत्कडी लागेर स्वदेश फर्किए 

अमेरिकाबाट निष्कासित भएका नेपालीलाई लिएर आएको चार्टर जहाज काठमाडौंमा अवतरण

देश छाड्न अदालतले दिएको आद‍ेशलाई अटेर गर्ने एक नेपाली अमेरिकाबाट निष्कासित


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.