लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको डिष्ट्रिक्ट गभर्नरमा दुर्गा हुमागाईँ निर्वाचित

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको डिष्ट्रिक्ट गभर्नरमा दुर्गा हुमागाईँ निर्वाचित
सुन्नुहोस्

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको फागुन २४ गते शनिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी दुर्गा प्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्।

सफल आवाज डटकमका प्रकाशक तथा सफल मिडिया हाउस प्रालिका अध्यक्ष समेत रहेका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुमागाईं लायन वर्ष २०२५/२०२६ को लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन्।

डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन लिडर हुमागाई विगत १९ वर्षदेखि लायन्समा निरन्तर सक्रिय छन। ४५ वर्षअघि काभ्रे जिल्लाको कुशादेवीमा जन्मेका उनी बिगत २३ बर्षदेखि पोखरामा बसोबास गरिरहेका छन। उनी लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष समेत हुन्।

यस्तै लायन वर्ष २०२५–२६ को लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन्।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५-२६ को डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिष्ट्रिक्ट कोषाध्यक्षमा रामकुमार लामिछाने, डिष्ट्रिक्ट चिफ एड्भाइजरमा टिकाराम सापकोटा, डिष्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिष्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटरमा हसन कुमार गोपाली मनोनित गरेका छन्।

यसैबीच, लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गराएकोमा गभर्नर हुमागाईंले अग्रज लायन लिडर तथा सम्पूर्ण मतदाता लायनहरुप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचित भएपछि मन्तब्य राख्दै इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५/२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिवद्धता व्यक्त गरे। उक्त तेस्रो महाधिवेशनमा डिष्ट्रिक ३२५ के नेपालका १ हजारभन्दा बढी लायन सदस्यहरुको सहभागिता थियो।

लायन कैलाश पालिखे कन्भेनर रहेको उक्त महाधिवेशनको उद्घाटन लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गरेका थिए भने लायन्स क्लब अफ पोखरा लेक सिटी, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धि होष्ट क्लबको रुपमा रहेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.