पाकिस्तानमा रेलमाथि हतियारधारी समूहको आक्रमण, यात्रुलाई बन्धक बनाएको दाबी

पाकिस्तानमा रेलमाथि हतियारधारी समूहको आक्रमण, यात्रुलाई बन्धक बनाएको दाबी
फाइल तस्बिर

काठमाडौं : पाकिस्तानको बलुचिस्तानमा एक्सप्रेस रेलमा आक्रमण भएको छ। क्वेटाबाट पेशावर गइरहेको ११ डिब्बा भएको रेलमा आक्रमण भएको बुलचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले जानकारी दिए।

हतियारधारी समूहले गरेको आक्रमणमा परी रेलका ड्राइभर घाइते भएका छन्। पाकिस्तान रेलवेका सुरक्षा अधिकारी जिया काकरका अनुसार चुंकी भन्ने स्थानमा ट्रेनमा हतियारधारीले आक्रमण गरेको हो। उक्त क्षेत्रमा नेटवर्कको समस्याका कारण सम्पर्क हुन नसकिरहेको उनले बीबीसी उर्दुलाई जानकारी दिएका छन्। रेलवेका वरिष्ठ अधिकारी मुहम्मद शरीफका अनुसार उक्त रेल मंगलबार विहान ९० बजे क्वेटाबाट पेशावरका लागि छुटेको थियो। 

राज्य सरकारले सो क्षेत्रमा रहेको सिब्बी अस्पतालमा आपतकाल घोषणा गरेको छ। घटना भएको क्षेत्रमा एम्बलेन्स पनि पठाइएको प्रवक्ता शाहिदले बताए। सुरक्षा अधिकारी पनि सो क्षेत्रमा पठाइएको उनले बताए।

चरमपन्थीले उक्त घटना घटाएको हुनसक्ने सरकारले आकलन गरेको छ। त्यस विषयमा छानबिन भइरहेको प्रवक्त शाहिदको भनाइ छ। उक्त क्षेत्रमा पहाडी एवं अति दुर्गम रहेको बताइएको छ। 

यता, बलुच लिबरेशन आर्मीले उक्त रेलमाथि आक्रमण गरी ४५० जनालाई बन्धक बनाएको जानकारी दिएको छ। उनीहरूमाथि कारबाही गरिए यात्रुहरूलाई मार्ने धम्कीसमेत दिइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उनीहरूले ६ जना सैनिकको हत्यासमेत गरेको बताइएको छ। रेलमा रहेका बच्चा र महिलालाई भने रिहा गरिएको दाबी गरिएको छ। उक्त समूहले पाकिस्तान र चीनविरुद्ध युद्ध गर्ने घोषणा गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.