साउदीमा अमेरिका र युक्रेनबीच वार्ता : रचनात्मक छलफल भएको दाबी

साउदीमा अमेरिका र युक्रेनबीच वार्ता : रचनात्मक छलफल भएको दाबी

काठमाडौं : युक्रेनले अमेरिकासँगको वार्ता 'धेरै रचनात्मक' भएको दाबी गरेको छ। साउदी अरेबियाको पहलमा मंगलबारदेखि जेदाहमा सुरू भएको द्विपक्षीय वार्तामा अमेरिका र युक्रेन अधिकारीबीच जारी वार्ता सकारात्मक बनेको दाबी गरिएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री यरमाकले उक्त दाबी गरेका हुन्। 'अमेरिकी टोलीसँगको बैठक धेरै रचनात्मक तरिकाले सुरु भयो। हामी न्यायपूर्ण र दिगो शान्तिको लागि काम गरिरहेका छौं,' टेलिग्राममा उनले भनेका छन्। 

रुस-युक्रेनबीचको जारी युद्ध अन्त्य गर्ने उद्देश्यसाथ भइरहेको वार्तामा युक्रेनका विदेशमन्त्री एन्ड्री सैबिया, रक्षा मन्त्री रुस्तम उमिरोभ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्टज, साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसम बिन मोहम्मद अल अैबान सहभागी थिए।

बीबीसीसँगको कुराकानीमा मार्कोले वार्ता राम्रो हुने बताएका थिए। उनले रुस र युक्रेनबीच कसरीट्ठ युद्धबिराम गर्ने सकिने विषयमा वार्ता केन्द्रित रहने बताएका थिए। 

यता रसियाले साउदी अरबियाको वार्ताबाट आफूहरूले धेरै अपेक्षा नगरेको बताएको छ। साउदीका लागि राजदूत रहिसकेका एन्ड्रे बाक्लानोभले अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भइरहेको वार्ताबाट धेरै अपेक्षा गर्न नसकिने बताएका हुन्। उनले जेलेन्स्कीलाई आफूहरूले वास्तविक राष्ट्रपति नमान्ने गरेको बताए। 'जेलेन्स्कीलाई हामीले वास्तविक राष्ट्रपति मान्दैनौं। किभका अधिकांश राष्ट्रवादी भनिएका नेताहरू हाम्रो आपराधिक सूचीमा छन्। ती अपराधिसँग हामीले गम्भीरतापूर्वक कुरा गर्न सक्दैनौं,' उनले अलजाजीरासँग भनेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो। खनिजसम्बन्धी सम्झौता र रुससँगको युद्धबारे ठूलो सहमति हुनसक्ने त्यतिबेला आकलन गरिए पनि ट्रम्प र जेलेन्स्कीबीचको छलफल वादविवादमा टुंगिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.