पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको आरोप- भाइमारा को हो?

पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको आरोप- भाइमारा को हो?

सिन्धुपाल्चोक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन्। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाह लक्षित उक्त टिप्पणी गरेका हुन्। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए। 

‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ? नेपाली जनताले बिर्सियो भन्ठानेको?’ आफू पहिलोपट प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको बताउँदै त्यो बेला सरकारबाट बाहिरिनु नपरेको भए भाइमारा र राजद्रोहीहरूलाई इतिहासको कठघरामा ठेगान लगाइसक्ने प्रचण्डले सुनाए।

‘दरबार हत्याकाण्ड मच्चाउने को हो? हत्याकाण्डको मास्टरमाइन्ड को हो? जनतालाई प्रष्ट थाहा छ’, उनले भने, ‘अहिले कसैले पनि राजा बन्ने दिवासपना देखेर चुरुफुरी नगरे हुन्छ।’ राजाले पहिला पनि धेरै मुर्खता गरेको र अब गर्ने मनसाय राखे नेपाली जनता चुप नलाग्ने उनको भनाइ छ। ‘अहिले राजा महाराजाहरूको बारेमा जुन नौटंकी देखाइँदैछ। २ सय ५० वर्षसम्ममा उनीहरूले देशलाई कहाँ पुर्‍याए भन्ने जनतालाई थाहा छ’, प्रचण्डले भने।

गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए। विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिकरूपमा जनताले मिल्काइसकेका शक्तिले बेला-बेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नहुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रया विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहूलाई पूर्णरूपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.