रौतहटबाट एसईई परीक्षामा १० हजार ४ सय ८४ विद्यार्थी सहभागी हुने

रौतहटबाट एसईई परीक्षामा १० हजार ४ सय ८४ विद्यार्थी सहभागी हुने
सुन्नुहोस्

रौतहट : यही चैत ७ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा रौतहट जिल्लाबाट १० हजार ४ सय ८४ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका अनुसार साधारण, प्राविधिक तथा ग्रेड वृद्धि गरी कूल १० हजार ४ सय ८४ परीक्षार्थीले परीक्षा दिने भएका हुन्।

जिल्लाका ९९ वटा सामुदायिक, २० वटा संस्थागत र ८ वटा प्राविधिक विद्यालय गरी १ सय २७ विद्यालयका विद्यार्थीका लागि ४० वटा परीक्षा केन्द्र तोकिएको छ ।

साधारण नियमिततर्फ ५ हजार १ सय ७२ छात्र र ४ हजार ७ सय ६२ छात्रा, प्राविधिकतर्फ १ सय ६८ छात्र र ९७ छात्रा तथा ग्रेड वृद्धितर्फ २ सय ८५ विद्यार्थी परीक्षा दिनेछन्।

परीक्षालाई मर्यादित बनाउन ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५ सय ६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक, १ सय ९५ जना कार्यालय सहयोगी र ६ सय  सुरक्षाकर्मी खटाइने छन्।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विरेन्द्र जंग थापाका अनुसार परीक्षा मर्यादित, अनुशासित र पारदर्शी बनाउन कडा सुरक्षा व्यवस्था गरिएको छ। परीक्षा केन्द्रमा अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क रहने र खलल पुर्याउने जो(कोहीलाई कारबाही गरिने चेतावनी उनले दिए।

चैत ७ देखि १८ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको इकाइ प्रमुख थापाले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.