निरन्तर घट्दै सेयर बजार,कारोबार रकम पनि खस्कियो

निरन्तर घट्दै सेयर बजार,कारोबार रकम पनि खस्कियो

काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ। आइतबारदेखि लगातार घट्न थालेको नेप्से परिसूचक तेस्रो कारोबार दिन मंगलबार ७.६६ अंकले घटेको हो। यसअघि सोमबार नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा पुगेको थियो। त्यसअघि आइतबार परिसूचक २१.६४ अंकले घटेको थियो। 

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। सोमबार ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँमा कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज ३१३ स्क्रिप्सको ८२ लाख  ३७ हजार ९०२ कित्ता सेयर खरिद बिक्री भए।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.९६ प्रतिशतले बढ्यो। हिमालयन पावर पार्टनरको सेयर ९.९० प्रतिशतले बढ्दा अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.७८ प्रतिशतले बढ्यो। यसैगरी भूगोल इनर्जी डेभलपमेन्टको सेयर ७.२८ प्रतिशतले बढ्दा पाँचथर पावरको ४.१८ प्रतिशतले बढ्यो। 

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए।  सो कम्पनीको सेयर ८.२१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३२ करोड ११ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

घलेमादी हाइड्रोको २२ करोडको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको १८ करोड,लाइफ इन्स्योरेन्सको १६ करोड र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। पाँच स्टक्सको मूल्य भने स्थिर रह्यो।

अदर्श समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक भने राताम्मे देखिएका छन्। अदर्श समूहको उपसूचक ०.११ प्रतिशतले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.