सिद्धार्थ बहुमुखी क्याम्पस फेदिखोलामा अनेरास्ववियु प्यानल विजयी
स्याङजा : सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदारसहित प्यानल नै निर्वाचित भएको छ। फेदिखोला गाउँपालिकास्थित क्याम्पसमा भएको मतदानमा गोदारसहित अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको हो।
स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई ४ मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार विजयी भएकी हुन्। गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत पाए। सचिवमा श्रीसा शर्माले ३७ र कोषाध्यक्षमा सुस्मिता विकले ३७ मत र सदस्यमा संजय खत्री ४३ र स्मृति कुवर ४१ मत ल्याएका छन्।
समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट र नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !